गर्मी लाग्यो, अनुहारको छाला चम्किलो बनाउने भए यी गल्तीबाट बच्नुहोस्

आफ्नो छाला चम्किलो होस् भन्ने चाहना कसलाई हुँदैन होला र ! तर यसका लागि केही मिहिनेत त गर्नैपर्छ । खासमा मौसम बदिलिएसँगै छालाको हेरचाह पनि बदल्नुपर्ने हुन्छ । छालाको रेखदेखमा बेलैमा ख्याल गरिएन भने यसको चमक र निखार (ग्लो) गुम्न सक्छ । अनि सुक्खा र फुस्रो देखिन थाल्छ । खासगरी अनुहारको छालाको हेरचाह कसरी गर्ने, नजानिँदो गल्तीबाट हुन सक्ने हानिबाट कसरी जोगिने भन्नेबारे यहाँ तपाईंलाई केही जानकारी दिँदैछौँ । 

छालालाई सफा (क्लेन्ज) नगर्दा 

गर्मीको मौसममा घाम, धुलो र माटोका कारण छालामा मैलो जम्छ । हामीले दिनहुँ मुख धोएर मात्र यस्तो मैलो जाँदैन । यसका लागि छालालाई सही तरिकाले क्लेन्ज वा भनौँ, सफा गर्न आवश्यक हुन्छ । स्किन क्लेन्ज नगर्दा छालाले भारी महसुस गर्छ र त्यसमा मैलो जमिरहन्छ । त्यसैले बेलाबेलामा स्किन क्लेन्ज गर्ने गर्नुपर्छ ।  

मोइस्चराइज नगर्दा

सुक्खा छाला भएका मानिस मात्र होइन, ओइली छाला भएका मानिस पनि छालालाई सही तरिकाले मोइस्चराइज गर्दैनन् भने स्किन रुखो हुन्छ । यदि स्किन ओइली छ भने लाइटवेट वा हल्का मोइस्चराइजरको प्रयोग गर्नुपर्छ । 

सनस्क्रिन नलगाउँदा

गर्मीमा सनस्क्रिन नलगाउनु भनेको छालालाई बिगार्न घामलाई निम्ता दिनुजस्तै हो । तर, सनस्क्रिन सही र पर्याप्त मात्रामा लगाउन आवश्यक हुन्छ, जसबाट घामले छालालाई हानि गर्न नसकोस् ।

गर्दन र गलामा ध्यान नदिँदा 

स्किन केयरको मतलब अनुहारको केयर मात्र होइन, अनुहारको आसपास पनि छालाको रेखदेख गर्न आवश्यक छ । यसका लागि गला, गर्दन र कानमा पनि मोइस्चराइजर, सनस्क्रिन र मास्क आदि लगाउनुपर्छ ।  

डेड स्किन सेल्सलाई बेवास्ता गर्दा

स्किन केयरको ठूलो गल्तीमध्ये एक हो, छालामा डेड स्किन सेल्सलाई जन्म दिनु र त्यसलाई बेवास्ता गर्नु । डेड स्किन हटाउनका लागि बेला-बेलामा स्किनलाई एक्सफोलिएस्ट वा स्क्रब गर्न सकिन्छ । 

हाइड्रेसनको कमी हुँदा

स्किनलाई बाहिरी मात्र होइन, भित्री रूपले पनि हाइड्रेसनको जरुरी हुन्छ । यसका लागि दिनभर पर्याप्त मात्रामा पानी पिउनुपर्छ । र, नरिवल पानी, कागती पानी र जुस आदिलाई आफ्नो खानपानको हिस्सा बनाउनुपर्छ ।

बारम्बार मुख धुँदा

गर्मीमा पसिना धेरै आउँछ । यस्तोमा छाला भिजिरहेको हुन्छ । जसका कारण बारम्बार मुख घोटीघोटी धुने गरिन्छ । यस्तो गर्नु भनेको छालाको बाहिरी पत्रलाई नोक्सान गर्नु हो । यसाे गर्दा स्किन ब्यारियर बिग्रिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found