बुद्धशान्ति । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो, जेसीज आस्थाको यो एक अंशलाई आत्मसाथ गर्दै बुधबारे जेसीज तथा जेसीज सदस्यहरुले समाजमा विभिन्न सेवामूलक कार्य गर्दै उदाहरण बन्दै आएका छन् ।
यसै सन्दर्भमा आज एक कार्यक्रमको आयोजना गरि बुद्धशान्ति १ दामा अधेरीका अतिविपन्न दिल बहादुर साम्पाङ राइको परिवारलाई बुधबारे जेसीजले खाद्यान्य तथा लत्ता कपडा सहयोग प्रदान गरेको छ ।
बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष दुर्योधन सिंह राजपुत (देव) को अध्यक्षता, तार्केश्वर गुप्ताको संयोजक्त्व तथा बुद्धशान्ति वडा नं. १ का वडाध्यक्ष तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा साम्पाङकै घरमा आयोजित कार्यक्रममा सो सामाग्री हस्तान्तरण गरिएको हो ।
चुहिने टिनले छाएको घरमा आफ्नी बिरामी श्रीमतीलाई एक्लै स्यहार गर्दै बसेको ७० वर्षिय साम्पाङको आर्थिक अवस्था कम्जोर रहेको, खानलाउन समेत समस्या रहेकोले थोरै भएपनि सहजहोस् भन्ने उद्धेश्यले सहयोग गरेको बुधबारे जेसीज अध्यक्ष सिंहले बताए ।
साम्पाङलाई लत्ताकपडा र खाद्यान्न गरी चौध हजार ३४० बराबरको सामग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तार्केश्वर गुप्ताले जानकारी दिए । सो सामाग्रीहरु जेसीज सदस्यहरु द्वारा आर्थिक तथा जिन्सी संकलन गरि हस्तान्तरण गरिएको थियो ।
सहयोग हस्तान्तरणका क्रममा बोल्दै प्रमुख अतिथि वाग्लेले वडा नं. १ को कार्यालयले साम्पाङकी बिरामी श्रीमतीको उपचारका लागि आवश्यक सहजीकरण र स्थानीय युवा तथा संघसंस्थासँगको सहकार्यमा आवश्यक सहयोग गर्ने कुरामा सकारात्मक भुमिका निर्वाह गर्ने प्रतवद्धता साथै आज गरिएको सहयोग प्रति बुधबारे जेसीजलाई सम्पूर्ण वडा कार्यालयको तर्फबाट आभार व्यक्त गरे ।
बुधबारे जेसीज वर्ष २०२४ महासचिव गजुहाङ योङुहाङले संचालन गरेको कार्यक्रममा बुद्धशान्ति गाउपालिका वडा न.१ का वडा सदस्य मोहन कुमार राई, बुधबारे जेसीज पूर्व अध्यक्ष क्लबका अध्यक्ष प्रकाश भण्डारीको विषेश आतिथ्यता तथा न्यु स्टार युथ क्लबका अध्यक्ष एकराज भुजेल, बुधबारे जेसीजका निवर्तमान अध्यक्ष जेसी अर्जुन ढकाल लगायत जेसीज सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष सिंहले सहयोग प्रदान गर्ने अवसर प्रदान गर्नका लागि बुधबारे जेसीजलाई सम्झनु भएकोमा स्थानीय युवा तारा याफु राई, सहयोगी दाता, वडा कार्यालय तथा वडाध्यक्षलाई धन्यबाद दिदै आगामी दिनमा बुधबारे जेसीजले यस्ता सकारात्मक र रचनात्मक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।