नेपाल भारत सीमानजिकै रहेको झापाको मेचीनगर नगरपालिका– ७ स्थित सतीघट्टा भन्ने ठाउँमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ ।
झडपको क्रममा सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा कम्तीमा ६ स्थानीय घाइते भएका छन् ।
झडप किन भएको हो भन्ने खुलेको छैन । सशस्त्र प्रहरी बलको २ नम्बर हेडक्वार्टरका अनुसार सामान्य विवाद भएको हो ।
एसपी कवीन्द्र राईको नेतृत्वमा टोली घटनास्थल जाने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।