झापा विद्रोहको स्मृतिमा आज सुखानी दिवस मनाइदै

झापा विद्रोहमा सहिद भएका नेताहरुको स्मृतिमा नेकपा एमाले र उसका भातृ संगठनहरुले आज सुखानी स्मृति दिवस मनाउँदै छन् । आज झापाको सुखानीमा नेकपा एमालेले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।

EPIC EPIC

वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँचजना नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो । सोही दिनको सम्झनामा झापा विद्रोहबाट उदाएको एमालेले सुखानी स्मृति दिवस मनाउने गरेको छ ।

तत्कालीन विद्रोही माओवादीले जनयुद्धको पहिलो शहीद दिलबहादुर रम्तेल मारिएको फागुन १४ गते र सुखानी हत्याकाण्डको दिन फागुन २१ गतेलाई समेटेर ८ दिनसम्म शहीद सप्ताहका रूपमा मनाउने गर्दछ ।

तत्कालीन एमाले र माओवादी एकतापछि नेकपा बन्दा पनि नेता-कार्यकर्ताहरुले सुखानी स्मृति दिवस मनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found