त्रिशूली बस दुर्घटनामा मृतकको सङ्ख्या सात पुग्यो

कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस बुधबार बिहान पृथ्वीराजमार्गको घाटबेँसीबाट त्रिशूली नदीमा खसेको थियो।

EPIC EPIC

दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए। मृतकको सनाखत हुन सकेको छैन।

दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्। अझै पनि उद्धार जारी रहेको गौतमले बताए।

बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने उनको अनुमान छ। सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ।

बस चालक रुपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसमा कति यात्रु थिए भन्ने एकीन भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

ट्रेन्डिङ

No data was found