राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नियुक्त भएकी छन् । तीन दिनअघि हजुरआमाको देहान्त भएकाले घरमै शोक मनाइरहेकी रास्वपा नेतृ श्रेष्ठ मन्त्री नियुक्त भएकी हुन् । तर, पारिवारिक शोकमा रहेपनि उनी चोखिएर शपथ खान आउने भएकी छिन् ।
उनी हजुरआमाको काममा रहेकाले पुरोहितबाट विधिपूर्वक चोखिएर आज शपथ ग्रहणमा सहभागी हुने रास्वपा स्रोतले बतायो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त भएको हो ।