काठमाडौँ । यो साता सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । गत पुसको १ लाख २२ हजार ५ सय रुपैयाँको रेकर्ड तोड्दै यो साता सुनको मूल्यले हालसम्मकै उच्च १ लाख २५ हजारको नयाँ रेकर्ड राख्न सफल भएको हो ।
गत साताको शुक्रवार छापावाला सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । लगत्तै फागुन २० गते आइतबार खुलेको बजारमा एकैदिन २ हजार रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख २१ हजार रुपैयाँमा उक्लियो ।
फागुन २२ गते सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पुनः २ हजार रुपैयाँले बढ्दै १ लाख २३ हजार रुपैयाँमा उक्लियो । यो नै पछिल्लो समयको उच्च मूल्य थियो । तर, पछिल्लो दिन बिहीबार थप २ हजार रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ पुगेपछि नयाँ कीर्तिमानी कायम भएको हो ।
यो साता ६ हजार रुपैयाँले सुनको मूल्य वृद्धि भएको छ । यस्तै, तेजाबी सुनको पनि सोही मूल्यले वृद्धि हुँदै प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने यो साता प्रतितोला ८० रुपैयाँले मात्र वृद्धि भएको छ । गत शुक्रवार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साताको अन्तिम कारोबार दिन बिहीबार १ हजार ४ सय ७