छत्रकोट गाउँपालिकामा आइतबार सार्वजनिक बिदा

गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको आठौँ स्थापना दिवसकोअवसरमा फागुन २७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

EPIC EPIC

पालिकाले सूचना जारी गर्दै गाउँ कार्यपालिकाको फागुन २३ गते बसेको बैठकको निर्णयानुसार आठौँ स्थापना दिवसको अवसरमा गाउँपालिका मातहतका सबै सरकारी तथा गैरसरकारी (स्वास्थ्य तथा आकस्मिक सेवा बाहेक) संस्था तथा वित्तिय संस्थाहरुलाई सार्वजनिक बिदा दिइएको व्यहोरा उल्लेख छ ।

गाउँपालिकाले सार्वजनिक बिदा दिएर विविध कार्यक्रम समेत आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति