बुद्धशान्ति । बुधबारे जेसीजले युवाहरुको व्यक्तिव तथा नेतृत्व विकास गर्नका लागि एक दिवसीय समय व्यवस्थापन तथा सामाजिक संजालको सही प्रयोग सम्बन्धी तालिम संचालन गरेको छ ।
नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा प्रशिक्षक योगेश राजवंशीको सहजीकरणमा तालिम सम्पन्न भएको हो । शनिबार सम्पन्न तालिममा बुधबारे जेसीजका सदस्य, सीतारमेश बहुमुखी क्याम्पसका विद्यार्थी र चन्द्रसूूर्य युवा क्लबका प्रतिनिधी गरी ३५ जना युवाहरुको सहभागीता रहेको थियो ।
बुधबारे चोक स्थित फोकस पोइन्टको तालिम कक्षमा संचालन गरिएको कार्यक्रम बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष दुुर्योधन सिंह राजपुतको अध्यक्षता, विनोद रिजालको संयोजकत्व, बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता त्यस्तै फोकस पोइन्ट कन्सल्टेन्सीका सल्लाहाकार लोकेश बस्नेतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।