कतार एयरवेजले नियुक्त गर्यो पहिलो एआई एयर होस्टेज

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग तमाम क्षेत्रहरुमा तिव्र रुपमा बढिरहेको छ। यसको प्रयोग सिर्जनात्मक क्षेत्रमा पनि तिव्र रुपमा भैरहेको छ । कतार एयरवेजले एउटा यस्तै प्रयोग गरेर कीर्तिमान कायम गरेको छ ।

कतारको सरकारी वायुसेवा कम्पनी कतार एयरवेजले विश्वकै पहिलो एआई एयरहोस्टेजलाई नियुक्त गरेको छ । एआईमा आधारित उक्त डिजिटल मानव चालकदलको सदस्यको नाम Sama 2.0  हो । यो दोश्रो पुस्ताको भर्चुअल क्याबिन क्रू हो ।

केही समय पहिले वेब समिट कतार नामक एक शिखर सम्मेलनमा कतार एयरवेजले आर्टिफिसियल इन्टेलिजेन्स एयर होस्टेजको नमूना सार्वजनिक गरेको थियो । अन्ततः बर्लिनमा जारी अन्तराष्ट्रिय पर्यटन मेला (आइटिबी बर्लिन २०२४) का क्रममा कम्पनीले उक्त एआई एयर होस्टेज सार्वजनिक गरेको हो ।

अरबी भाषामा सामाको अर्थ आकाश भन्ने हुन्छ । बर्लिन पर्यटन मेलामा रहेको कतार एयरवेजको स्टलमा यो एआई एयरहोस्टेज नै मूख्य आकर्षणको केन्द्रको रुपमा रहेको छ।

कतार एयरवेजको उक्त एआई एयरहोस्टेजले वास्तवमा मानव एयरहोस्टेजलाई प्रतिस्थापन गर्ने होइन । बल्कि यसलाई अतिरिक्त सेवाको रुपमा जहाजमा राखिनेछ। हुनत जहाजका यात्रुको अनुभवलाई उत्कृष्ट बनाउनका लागि कतार एयरवेजले पहिलेदेखि नै विभिन्न एआई प्रविधिको प्रयोग गरिरहेको छ ।

एआई एयर होस्टेजलाई विशेष तालीम

एआई एयरहोस्टेज सामा २.० कतारको राजधानी दोहामै निर्माण गरिएको हो । यसलाई कतार एयरवेजको एयर होस्टेजको रुपमा विशेष तालीम दिइएको छ । सामा एआईले यात्रुतथा मिडियासँग अन्तरक्रियाका क्रममा पनि लगातार नयाँ कुरा सिकिरहेको हुन्छ र आफ्नो कुराकानीलाई अझै समृद्ध बनाउन सक्दछ । कम्पनीले यो परियोजनामा लगातार काम गरिरहेको छ।

सामा २.० को अपडेटेड भर्सनले रियल टाइम जवाफ दिन सक्दछ । यदि कतार एयरवेजका विषयमा सम्बन्धित प्रश्नहरु ग्रियो भने यसले रियल टाइममै त्यसको जवाफ दिनेछ। इसका अलावा गन्तव्य, सहयोग टिप्स तथा अनय खालका जानकारीहरु पनि सो एआई एयरहोस्टेजले दिन सक्नेछ ।

QVerse माध्यमबाट यसमा पहुँच स्थापित गर्न सकिन्छ । क्यूभर्स कतार एयरवेजको डिजिटल प्लाटफर्म तथा आधिकारिक एप हो ।

सामाको विकास गर्नका लागि कतार एयरवेज तथा UneeQ कम्पनीले साझेदारी गरेका छन् । सामा एआईको माध्यमबाट ग्राहकहरुको उत्कृष्ट अनुभव तथा सेवा प्रदान गर्ने उद्धेश्य कतार एयरवेजको छ । कोरोना महामारी पश्चात् कतार एयरवेजमा यात्रुहरुको संख्यामा उल्लेख्य मात्रामा बढोत्तरी भैरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

News-Agency
एजेन्सी

ट्रेन्डिङ

No data was found