शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘रंगेली’ पुनः सम्पादन गरिएको छ।
निर्माण टिमका अनुसार २ घण्टा ५१ मिनेट लम्बाई रहेको फिल्म अब २ घण्टा ३० मिनेटमा प्रदर्शन हुनेछ। सोमबार बिहानदेखि लागू हुने गरी फिल्मको लम्बाई घटाइएको हो।
फिल्मका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुसार फिल्मको लम्बाई घटाइएको बताएका छन्। फिल्मले घरेलू बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
सुवेदीकै लेखन रहेको फिल्ममा दयाहाङ राई, मिरूना मगर, अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका छन्।
संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको फिल्ममा युवक कार्की र शिव शंकर चौलागाईं सह-निर्माता छन्। फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन्।