सडक दुर्घटनामा परी कुवेतमा ३ नेपालीको मृत्यु

सडक दुर्घटनामा परी कुवेतमा तीन नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीको लागि कुवेत पुगेका उनीहरूको गत बुधबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका सुजन कार्की, लयती पन्चदेवल विनायक-५ आछामका सुरत बहादुर कडायत र वेंगादवार-३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन् ।

साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने क्रममा बाटो क्रसिङ गर्दा स्थानीय नागरिकको गाडीले ठक्कर दिंदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । सो दुर्घटना महाबुल्ला एरियाको सिसाईड रोडमा भएको थियो ।

नेपाली राजदूतावासका अनुसार दुर्घटनाको सुचना पाए लगतै परिवार तथा कम्पनीसँग सम्पर्कमा रहेको र मृतकका शवहरु नेपाल पठाउने तथा इन्सुरेन्सको लागि पहल गर्नुको साथै आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी गरेको छ ।

घटना पश्चात गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै मृतकहरुको शवलाई पोष्टमार्टमकोलागि फरवानिया हस्पिटल राखिएको र शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति