मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

बेलबारी । मोरङको बेलबारी १ मा बुधबार बिहान निर्मला राईको घरमा बिगत ४ बर्ष देखी कोठा भाडामा बस्दै आएका ६० बर्षिय बमबहादुर लिम्बुले धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन ।

श्रीमती अनदाजी ४५ बर्षिया गिता लिम्बुसँग घरायसी विवादका क्रममा धारिलो हतियार (दाउ) प्रहार गरी हत्या गरेका हुन । श्रीमतीको हत्या गरेपछि लिम्बुले आफै घाँटी रेटेर आत्महत्या गरेका छन । लिम्बुले श्रीमतीलार्य घाईते बनाएको भनि बिहान ०१.५० बजे ईलाका प्रहरी कार्यालय बेलबारीमा जानकारी भएपश्चात ईप्रका बेलबारीबाट प्रहरी निरीक्षक तेज बहादुर दाहालको नेतृत्वमा टोली घट्ना स्थलतर्फ बुझ्दा निज महिलाको मृत्यु भईसकेको ईलाका प्रहरी कार्यालयले जनाएको छ।

गम्भिर अबस्थामा रहेका श्रीमानको तत्काल उद्दार गरी उपचारको लागि नोबेल अस्पताल बिराटनगर तर्फ लगिएकोमा उनको समेत मृत्यु भएको छ । घटना स्थलमा दाउ, मार्तड समेत फेला परेको छ । घटनास्थल ईप्रका बेलबारी बाट अन्दाजी १ किमि उत्तरमा मात्र रहेको छ।

लिम्बुलाई नोबेल अस्पताल बिराटनगर पुऱ्याउनसाथ चिकित्सकले चेकजाच गरी बुधबार बिहान ०३.२० बजे मृत घोषणा गरेको थियो । घटना भएका बेला सँगै रहेका ८ बर्षिय छोरा भने भागेर बाँच्न सफल भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति