पछिल्लो एक सातामा कोशी प्रदेशमा आगलागीका १४३ घटना, ३ बालबालिकाको मृत्यु

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशी प्रदेशमा पछिल्लो सातामा भएका १४३ घटना मध्ये सबै भन्दा बढी मोरङ्ग, तेह्थुम र ओखलढुुगामा १६/१६ वटा घटना भएका छन् ।

बुद्धशान्ति । ताप्लेजुङमा मंगलबार आगलागी हुँदा दुईबाट घर जलेर नष्ट भएका छन् । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख बारबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै आइतबार दिउँसो सुनसरीको बर्जु गाउँपालिका ४ स्थित जयनगर मुस्लिम टोलमा भएको आगलागीबाट घर र भान्सा गरि २७ घर जलेर नष्ट भए । स्थानिय बिसुनदेव पौदारको घरबाट सल्किएको आगोले गाउँ नै सखाप पार्यो ।

शनिबार मोरङको रंगेलीमा सन्थाल बस्तीमा आगलागीका कारणले १९ घर जलेर नष्ट भए । शनिबार नै भोजपुरको हतुवागडी गाउँपालिका ७ पात्लेपानीमा आगलागी हुँदा तीज जना बालबालिकाको मृत्यु भएको थियो । आगलागीबाट स्थानिय रमेश कार्कीकाी ७ वर्षकी छोरी दिपशिखा कार्की, ३ वर्षिय छोरा दियनिस कार्की र अर्का स्थानीय केदार कार्कीका छ वर्षका छोरा प्रनिश कार्कीको मृत्यु भएको हो । ती बालबालिकाहरु गोठमा खेलिरहेका बेला आगलागीमा परेर मृत्यु भएको भोजपुर प्रहरीले जानकारी दिएको थियो ।

यी घटनाहरु पछिल्लो एक सातामा कोशी प्रदेशमा भएका आगलागीका प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो एक सातामा कोशी प्रदेशमा मात्रै आगलागीका १४३ घटना भएका छन् । जसमध्ये ५८ बटा वन डढेलो र ८५ वटा घर तथा गोठमा आगलागीका घटना रहेका छन् ।

मोरङ्ग र ओखलढुुंगा जिल्लामा सबैभन्दा धेरै आगलागीका घटना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशी प्रदेशमा पछिल्लो सातामा भएका १४३ घटना मध्ये सबै भन्दा बढी मोरङ्ग, तेह्थुम र ओखलढुुगामा १६/१६ वटा घटना भएका छन् । त्यस पछि सबै भन्दा धेरै घटना हुने जिल्लाहरुमा खोटाङ (१५), सुनसरी (१२), उदयपुर (११), झापा (१०), धन्कुटा (१०) , पाँचथर (९) र ताप्लेजुङ (७) रहेका छन् ।

No of fire incidents by district in koshi province updated

३ जनाको मृत्यु, ९ जना घाइते
गत एक साताको अवधीमा कोशी प्रदेशमा भोजपुर जिल्लाको हतुवागडी गाउँपालिका २ बालक र १ बालिकाको आगलागीका कारण मृत्यु भएको छ । त्यस्तै सुनसरीमा ५ जना पाँचथर, मोरङ्ग, उदयपुर र संखुवासभा जिल्लामा १/१ गरि ९ जना घाइते भएका छन् ।

No of injured people in fire accident by district updated

८८ घर जले, ९ करोड बढीको क्षति

पछिल्लो साता भएका आगलागीका घटनाहरुबाट कोशी प्रदेशमा ८७ वटा घरमा क्षति पुगेको छ । घर क्षति हुनेमा सबै भन्दा बढी मोरङ्ग र सुनसरी जिल्लामा २१/२१ वटा घर जलेका छन् । भने आगलागीबाट अनुमानित ९ करोड बढीको क्षति भएको छ । आर्थिक क्षतिमा पनि सबै भन्दा बढी मोरङ्ग जिल्लामा नै रहेको छ , मोरङ्गमा मात्रै ५ करोड १५ लाख बढीको क्षति भएको देखिन्छ ।

No of houses destroyed in fire by district in koshi province updated
Amount of Estimated financial loss by fire accident in koshi province updated

३५ पशुचौपायाको मृत्यु

पछिल्लो साता कोशी प्रदेशमा भएका आगलागीका घटनाबाट ३५ घरपालुवा पशुचौपायाको मृत्यु भएको छ । २३ मध्ये ३३ को घरगोठमा आगलागीबाट मृत्यु भएको हो भने २ वटा पशुचौपाया भने वन डढेलोका कारणले मृत्यु भएको छ । पशुचौपायाको मृत्यु सबै भन्दा बढी उदयपुर जिल्लामा भएको छ । यद्यिपि यस अवधीमा वनमा लागेको डढेलोका करण धरै संख्यामा वन्यजन्तुको मृत्यु भएको छ ।

No of livestock died by fire accident in koshi province updated

मानवीय लापरवाहीका कारण ६४ प्रतिशत बढी आगलागी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं डढेलो विज्ञ सुन्दरप्रसाद शर्माका अनुसार नेपालमा मानवीय लापरवाहीका कारण ६४ प्रतिशत भन्दा बढी आगलागी तथा डढेलोका घटना हुने गरेको बताए । पछिल्लो दुई वर्ष डढेलो तुुलनात्मक रुपमा कम भएपनि यो वर्ष सुरुवाती समयमै देखिएका घटनाले बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने बताए ।

शर्माका अनुसार आफ्नो वस्तीतिर आगो नआओस् भनेर अर्को वस्तीतिर आगो सल्किने गरि जंगलमा डढेलो लगाइदिने गरेका कारण जोखिम बढेको बताए । वन डढेलो लागिहालेको अवस्थामा जोखिम क्षेत्रमा अनिवार्य रुपमा सुरक्षा रेखा बनाउनुपर्ने उनेले जोड दिए ।

हिउँदमा पानी नपर्नु र तापक्रम वृद्धि आगलागीको प्रमुख कारण

यसपाली हिउँदमा पानी कम परेकाले पनि देशभर सुक्खा बढेको छ । यो मौसम हावाहुरी, आगलागी, डढेलो, चट्याङ र असिनापानीले सताउने समय भएपनि मनसुन भने सुरु हुन सकेको छैन ।

पश्चिम नेपालमा केही पानी परे पनि पूर्वी नेपाल सुक्खामा बित्यो । आगलागी र डढेलोका घटना पनि पूर्वी नेपालमा बढिरहेका छन् । समग्रमा नेपालभर हरेक वर्ष डढेलो र आगलागीका घटना हुन्छन् । तर, यो वर्ष हिउँद सुक्खा हुनु र सन् २०२३ निकै तातो रेकर्ड हुनुका कारणले पनि आगलागीका घटना बढिरहेका हुन् ।

पर्यावरणीय सन्तुलन खलबलिने चिन्ता

आगलागीका घटना बढेपछि धेरै जंगली जीवजन्तुहरुको मृत्यु भएको र आगलागीको असरबाट थप मर्न सक्ने भएकाले त्यसबाट पर्यावरणीय सन्तुलन खलबलिने वातावरणविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।

चैत–वैशाखमा आगलागी र डढेलो अझ बढ्ने

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार नेपालमा आगलागी र डढेलोका घटना चैत–वैशाखमा अझ बढी हुने अनुमान गरिन्छ । अहिले चट्याङ त परेको छैन, मान्छेको लापरबाहीले आगलागी र डढेलो बढेका हुन् । तर, सुक्खा हुँदा, तापक्रम बढ्दा आगो फैलन मद्दत गर्छ । अहिले भइरहेको पनि त्यही हो । जंगलको कुनै एक ठाउँमा आगो लागेमा चाँडै धेरैतिर फैलिरहेको छ । बस्तीमा भइरहेका आगलागीका घटनामा पनि त्यही समस्या छ । 

पूर्वसचेतना र पूर्वतयारीमा विज्ञको जोड

आगलागीका घटना बढेसँगै पूर्वसचेतना र नियन्त्रणका लागि आवश्यक तयारीमा बढि ध्यान जानुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डढेलो धेरैजसो मानवीय कारणले फैलिने गरेको भन्दै सचेत हुन आह्वान गरेको छ ।

प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले आगलागीको जोखिमबाट बच्न सचेतनाका काम सुरु भइसकेको बताइन् । उनले पछिल्लो दुई–तीन दिनमा डढेलो र आगलागी एकदम बढेको बताउँदै तीनै तहको सरकार र सबै निकायसँगको समन्वय गर्दै सचेतनाको काम अघि बढाउनु पर्नेमा जोड दिइन् ।

हल्का वर्षाले डढेलो नियन्त्रणमा राहत

पूर्वी पहाड, मधेश र बागमती प्रदेशमा लागेको डढेलो मंगलबार राति र बुधबार परेको पानीले नियन्त्रणमा राहत मिलेको छ ।

‘अधिकांश स्थानमा डढेलो नियन्त्रण गर्न सकस परिरहेका बेला हल्का वर्षाले पनि धेरै राहत मिलेको छ । पानी नपर्दा सुक्खा भएर ह्वात्तै बढ्ने आगो नियन्त्रण लिन सजिलो हुन्छ,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक अधिकारीले भने, ‘केही स्थानको डढेलो निभेको समेत छ ।’

उनका अनुसार विशेषगरी कोशी प्रदेश पहाडी क्षेत्रमा आगलागी घटना बढिरहेको बेला पानी पर्दा ठूलो राहत मिलेको हो ।

माथि उल्लेखित तथ्याङ्कहरु राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलबाट लिइएको हो । यी तथ्याङ्कहरु रियल टायम अपडेट हुनेभएकाले फरक पर्न सक्छन् । यस समयको नयाँ तथ्याङ्क हेर्नका लागि विपद् पोर्टलको लिङ्कमा गएर हेर्नसक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

suraj-dangal
सुरज दंगाल

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found