झापाको पृथ्वीनगरमा धारिलो हतियार प्रयोग गरि साथीको हत्या

भद्रपुर । बिहिवार बिहान ५ बजेको समयमा झापाको पृथ्वीनगरमा धारिलो हतियार खन्ती प्रहार गरी आफ्नै साथीको हत्या भएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरिएको हो।

EPIC EPIC

सनमको हत्या उनकै साथी अन्दाजी २५ वर्षीय कमान सिंह राई (लोके)ले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ 

कमान र सनम साथी हुन्। कमान गएराति सनमको घरमा गएर सुतेका थिए। सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी कमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या गरी कमान घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। हत्याको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found