ध्यान कसरी गर्ने ?

ध्यान त्यस्तो उपाय हो जसलाई हामी आफ्नो चित्त शान्ति, तनाव निवारण र राम्रा गुणहरूको विकासका लागि उपयोग गर्न सक्छौं।

ध्यानको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा मेरुदण्ड सीधा राखेर आफूलाई सहज हुने आसनमा बस्नु हो। काँध, गर्दन, र अनुहारका मांसपेशीहरू शिथिल हुनुपर्छ।

श्वास लिएको र छाडेको प्रक्रियामा ध्यान केन्द्रित गर्ने र श्वासप्रश्वास गर्दा शारीरिक चालको अवस्था हेर्ने अनि आफ्नो छाती, काँध, करङ तथा पेट हेर्ने । ध्यान अन्यत्र जान थालेमा पुनः श्वासप्रश्वास प्रक्रियामा केन्द्रित गराउन सकिन्छ यसरी ध्यान गर्दा सुरुमा २ देखि ३ मिनेटसम्म गर्ने र बिस्तारै लामो समयसम्म गर्न सकिन्छ ।

शुरुवातमा छोटो समय मात्र ध्यान गर्ने सुझाव दिइन्छ। तीनदेखि पाँच मिनेट पनि पर्याप्त हुन्छ। त्योभन्दा लामो समय एकै कुरामा मन केन्द्रित गरेर बस्न गाह्रो हुन्छ। एकैपटक लामो समय बस्न खोज्दा मन चारैतिर डुल्ने, अनेक कल्पनामा हराउन थाल्ने, अथवा निदाइने हुन सक्छ।

हाम्रो बानी सधैं आफ्नै कल्पनामा उडिरहने खालको छ भने श्वासमा ध्यान गर्नाले चित्तलाई केन्द्रित गर्न मद्दत पुग्छ। सामान्य तरिकाले प्राकृतिक रूपले श्वास प्रश्वास गर्नु उचित हुन्छ l

मन्त्र उच्चारण गर्दै ध्यान गरेको भए मन्त्र दोहर्याइरहने वा प्रार्थनामा नै सीमित हुनुपर्छ ।

हामीले नियमित रुपमा ध्यानको अभ्यास गर्ने गरेका छौं भने सकारात्मक मनोभावहरू हाम्रो बानी बन्छन् जसलाई हामी जतिबेला पनि आफ्नो आवश्यकता अनुसार उपयोगमा ल्याउन सक्छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

309975147_607388434446922_5870365885088900617_n
डा. सृष्टि पौडेल
प्राकृतिक चिकित्सक र योग परामर्शदाता

सम्बन्धित खबर