होली खेल्ने क्रममा उदयपुरमा कोशीमा तीन बालबालिका बेपत्ता

उदयपुर । उदयपुरमा होली खेल्ने क्रममा दुधकोशीमा बगेर आज तीन बालबालिका बेपत्ता भएका छन् ।

त्रियुगा नगरपालिका १४ साउने बजारका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीले बताए ।

बालबालिकाहरुको समुह होली खेल्दै धाप्लाङघाट पुगेका थिए । कोशीमा पौडिन पसेका मध्ये चारपाँच जनाको स्थानीयले उद्धार गरेको र तीनजना भने बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको पुष्टि गरेको छ । घटनास्थलतर्फ खोजतलासका लागि प्रहरी खटिएको जनाएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले जनाएका छन् ।

स्थानीयका अनुसार घटना दिउसो अन्दाजी साढे ३ बजेतिरको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति