इलामको रोङमा ट्याङ्कर दुर्घटना हुँदा एकजनाको मृत्यु

इलाम । इलामको रोङ गाउँपालिका ३ कोल्बुङमा पानी बोकेको ट्याङ्कर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मेची राजमार्गबाट मार्से जाने सडक खण्डबाट खसेर मे १ त २४०८ नम्बरको ट्यांकर दुर्घटना भएको हो ।

दुर्घटनामा इलाम नगरपालिका(४ का १७ वर्षीय रन्जित लिम्बुको मृत्यु भएको पशुपति नगर प्रहरीले जनाएको छ ।लिम्बुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए ।

घटनामा गम्भीर घाइते भएका ट्याङ्कर चालक ३६ वर्षीय मनोज राईको बिर्तामोडस्थित अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति