छिमेकीको कुटाइबाट गौरादहमा महिलाको मृत्यु

झापा । छिमेकीको कुटाइबाट झापाको गौरादहमा एक जना महिलाको मृत्यु भएको छ ।

गौरादह नगरपालिका वडा नं ७ तामाङ चोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूको छिमेकीको कुटाइबाट मृत्यु भएको हो । बुधवार राति ९ बजेको समयमा स्थानीय ४५ वर्षीय मेघराज दर्जीले मुर्मूलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । दर्जीले चामल चोरिरहेको अबस्थामा मुर्मूले फेला पारेको उनलाई पक्राउ गर्न खोज्दा चोरीमा संलग्न दर्जीले मुर्मूलाई संवेदनशील अंगहरुमा मुक्का र लात प्रहार गरी घाइते बनाएर भागेको बताइएको छ ।

घाइते मुर्मूलाई छिमेकीले आम्दा अस्पताल दमक पु¥याए पनि उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । मृतकका आफन्तहरुले अस्थायी प्रहरी चौकी जुरोपानीमा उजुरी दिएपछि हत्यामा संलग्न दर्जीलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति