उपनिर्वाचन तयारीका लागि रास्वपाका ६ संसद इलामका ६ पालिकामा

सांसदहरु सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिका जाने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा उपनिर्वाचन केन्द्रित छलफलका लागि आफ्ना ६ जना संसद क्षेत्र नं. २ का ६ पलिकामा पठाउने भएको छ।

EPIC EPIC

केन्द्रीय सदस्य एवम् सांसदहरु सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिका जाने भएका छन् ।

रास्वपाका अनुसार ६ सांसदहरु शुक्रबार साँझ इलाम पुग्ने छन् । १९ फागुनमा पालिकाहरुमा हुने नागरिकसँगको संवादमा सहभागी हुने गरी कार्यक्रम तय गरिएको छ ।

स्थानीय मतदातासँग भेटघाट र छलफल गर्ने कार्यक्रम रास्वपाले बनाएको छ । क्षेत्रगतको वस्तुगत अवस्था बुझ्न केन्द्रीय नेताहरु जान लागेको पार्टी महामन्त्री एवंम प्रवक्ता मुकुल ढकालले जानकारी गराए । ‘जनताका कुरा सुन्न जान्न लाग्नुभएको हो । आफ्ना धारणा नराखेर स्थानीयका कुरा सुनेर फर्कनुहुन्छ,’ ढकालले अनलाइनखबरसँग भने ।

इलाम-२ मा छ पालिकामध्ये चारवटाका सबै वडा पर्दछन् । इलाम नगरपालिकाको वडा नम्बर १० बाहेक सबै वडा यस निर्वाचन क्षेत्रमा पर्दछ । माइ नगरपालिकाका वडा नम्बर ६, ७ र ८ मात्रै यस निर्वाचन क्षेत्रमा पर्दछन् ।

क्षेत्रगत अवस्था बुझ्नका लागि रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाममा पठाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा