झापाको बुद्धशान्तिमा तेस्रो आदर्श च्यालेन्ज कप फुटबल आयोजना हुँदै

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकामा आगामी २०८१ बैशाख १५ देखि २२ गते सम्म तेस्रो आदर्श च्यालेन्ज कप अन्तर्राष्ट्रिय आमन्तत्रण नकआउट फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

आदर्श युवा क्लब बुद्धशान्तिले आयोगना गर्ने सो प्रतियोगितामा नेपाल र भारत सहित ८ टोलीको सहभागिता रहने छ ।

आदर्श युवा क्लबका पूर्व अध्यक्ष मनेश दाहालको संयोजकत्वमा हुन लागेको यो प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि दुई सय १ सदस्य मुल आयोजक समिति, २५ सदस्य सचिवालय समिति र १० वटा विभागिय उपसमितिहरु निर्माण गरि तिब्र रुपमा तयारी भइरहेको क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले जानकारी दिए ।

स्थानीय बुद्ध आदर्श मा.वि.को खेल मैदानमा आयोजना हुने प्रतियागिताका लागि खेल मैदानको तयारी अन्तिम चरणमा पुगेको, दाता तथा प्रायोजक संघ संस्था तथा सहभागी टीमहरुसँग समन्वय भइ रहेको संयोजक दाहालले बताए ।

प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख र उपविजेताले एक लाख नगद सहित ट्रफी, मेडेल तथा प्रमाण प्रत्र प्राप्त गर्नेछन् भने प्रत्येक खेलमा म्यान अफ द म्याच, तथा प्रतियोगिताको उत्कृष्ट गोलकिप्पर, हाई स्कोरर, म्यान अफ द टुर्नामेन्ट र फेयर प्ले टीम बिधामा नगद तथा अन्य पुरस्कार प्रदान गरिने दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति