नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३१ हजार २०० र तेजाबी सुन १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि हिजो छापावाल सुन प्रतितोला १ लाख ३१ हजार ६ सय र तेजाबी सुन १ लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।