झापा र मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध चोरी, कस्को कमजोरी ?

झापा । पछिल्लो समय कोशी प्रदेशका झापा,मोरङ लगायतका जिल्लामा रहेका सहकारी संस्थाहरुमा चोरीका घटना दिनप्रतिदिन बढिरहेका छन । पछिल्लो दुईसातामा मात्र ति जिल्लाहरुमा रहेका सहकारीहरुमा दर्जनौ चोरीका घटनाहरु भईसकेका छन ।

EPIC EPIC

मोरङको लेटाङमा रहेको एकिकृत जनभावना सहकारी संस्था, सुन्दरहरैचामा रहेको हातेमालो बहुउद्धेश्यीय संस्था, बेलबारीमा रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाहरुमा भएको चोरीको घटना नसेलाउँदै झापाका विभिन्न सहकारी संस्थाहरुमा तोडफोड र चोरी हुने क्रम बढेको छ ।

झापाको गौरादहमा मंगलबार एकैरात गौरादहका दुईवटा सहकारीमा चोरी भएको छ । गौरादह ५ स्कूलचौन बजारमा रहेको जनहित सहकारीमा कार्यालय फोडेर चोरी भएको हो । त्यस्तै गौरादह ५ चप्रामारीमा रहेको महारानी झोडा सहकारीमा पनि चोरी भएको जनाइएको छ । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली खटाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसअघि गत चैत ५ गते राति गौरादह ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको थियो । त्यस्तै केही दिनअघि हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको हल्दिवारीको मंगलबारेमा रहेको शाखामा चोरी गर्ने प्रयास भएको थियो ।

त्यस्तै कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४, साना किसान कृषि सहकारी संस्था हल्दिवारी ४, एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारी लगायतका संस्थामा चोरी र तोडफोडका घटना भएका थिए ।

यसरी दिनप्रतिदिन सहकारीि संस्थाहरुमा चोरीका घटनाहरु बढिरहँदा बचतकर्ताको रकम जोखिममा मात्र परेको छैन,सहकारी संस्थाहरु प्रतिको बिश्वास समेत गुम्दै गएको छ । तसर्थ यस्ता चोरी र तोडफोडका घटना न्युनीकरणका लागि प्रहरी र प्रशासन थप चनाखो बन्ने बेला भएको छ । सहकारी संस्थाहरु प्रति आम नागरिकको विश्वास गुम्दै गएका बेला यस्ता घटनाहरुले थप शंका जन्माउनुका साथे बिश्वास समेत गुम्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति