नेपाल ‘ए’ आयरल्याण्ड उल्भ्ससँग पराजित

काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा नेपाल ‘ए’ टिम आयरल्याण्ड वुल्भ्ससँग पराजित भएको छ । कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा आइरिश टिमले २१ रनको जित दर्ता गरेको हो ।

आयरल्याण्डले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपालले २५ ओभर ३ बलमा सबै विकेट गुमाउँदा केबल १ सय ३६ रन बनायो ।

नेपालका शाहब आलमले ३७, देव खनालले २६ र बशिर अहमदले २० रन बनाए । आयरल्याण्डका म्याथ्यु हम्फ्रिजले ५ विकेट लिए भने लियम म्याकार्थीले ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ३८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

आयरल्याण्डका लागि केड कारमाइकलले ५१, कप्तान निल रकले ३९ र पिटर मुरले २१ रन बनाए । नेपालका कमलसिंह ऐरीले ४ शाहब आलम र मौसम ढकालले दुई दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति