नेपालसँगै अस्ट्रेलिया र अमेरिकामा एकसाथ रिलिज हुँदै ‘डिग्री माइला’

काठमाडौं। नेपाली चलचित्र ‘डिग्री माइला’ नेपालसँगै अस्ट्रेलिया र अमेरिकामा एकसाथ रिलिज हुने भएको छ। यो चलचित्र चैत ३० अर्थात् अप्रिल १२ मा रिलिज हुँदैछ।

EPIC EPIC

दयाहाङ राई र आँचल शर्मा स्टारर यो चलचित्र यी दुई देशसहित सेभेन सिजले अन्तर्राष्ट्रिय वितरण गर्दैछ। अस्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा र अमेरिकाका ४० बढि शहरमा रिलिज हुँदैछ।

रामबाबु गुरुङ निर्देशित यो चलचित्रले ट्रेलर रिलिज भएयता आफ्नो चर्चालाई चुलाएको छ। ट्रेलरमा फिचर भएका दयाको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरूलाई आफूतिर आकर्षित गरिरहेको छ। यसमा आँचल शर्मा दयाको जोडी बनेकी छन्। चलचित्रमा उनीहरूको अन्तरजातीय प्रेम हेर्न सकिनेछ।

उनीहरूका अलावा सिनेमामा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमुख भूमिका रहेको छ । सिनेमालाई यस वर्ष ब्लकबस्टर व्यापार गर्न सक्ने सिनेमाको सूचिमा राखिएको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको यस चलचित्रका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ हुन्। कार्यकारी निर्माता कृश लामा हुन्। निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ट्रेन्डिङ

No data was found