बाबुराम भट्टराई भन्छन्, ‘महाजात्रा हेरेर आत्मालोचना गर्नुपर्छ’

काठमाडौं। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली चलचित्र ‘महाजात्रा’ हेरेर राजनीतिक नेताहरूले आत्म आलोचना गर्नुपर्ने बताएका छन्। मङ्गलवार बेलुकी चलचित्र हेरेका भट्टराईले भ्रष्टाचार र बेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको बताए।

EPIC EPIC

“यो फिल्म मनोरञ्जकसँगै सन्देशमूलक बनेको छ। देशमा सुशासन, सम्वृद्धिको कुरा गर्छौँ तर नेताहरूले चलचित्र हेरेर म म भन्न सक्नुपर्छ,” पूर्व प्रधानमन्त्री भट्टराईले भने, “राजनीतिज्ञले सत्यलाई स्विकार्नु पर्छ, तर परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन्। म फिल्म हेरिरहँदा केही स्थानमा भावुक भएँ, केही स्थानमा आँसु रोक्न सकिन। फिल्म हेरेर आनन्द आयो।” उनले आफूलाई मन पर्ने शैलीको चलचित्र बनाएको भन्दै निर्देशक प्रदीप भट्टराई, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्रीसहितको टिमलाई धन्यवाद दिए ।

पूर्व प्रधानमन्त्री भट्टराईको प्रतिक्रिया लिन हलमै पुगेका निर्देशक प्रदीप भट्टराईले आफूले चलचित्र मार्फत दिएको सन्देशलाई दर्शकसँगै राजनीतिज्ञले बुझेको पाउँदा खुसी लागेको बताए।

चैत ९ गतेदेखि प्रदर्शनरत यो चलचित्र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्व रानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् । यसमा हरिवंश आचार्य, विपिन कार्की, रबिन्द्र सिंह बानियाँ, रबिन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ट्रेन्डिङ

No data was found