एम्बाप्पेको गोलमा पिएसजी फ्रेन्च कपको फाइनलमा

काठमाडौँ । पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

पिएसजीको जितमा खेलको ४०औँ मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब पिएसजीले फाइनलमा आगामी मे २५ मा लियोनको सामना गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति