भरतपुर। चितवनमा मासु खाँदा घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँ घरभई भरतपुर महानगरपालिका–१९ शारदानगरस्थित अंकलको घरमा बस्दै आएका २२ वर्षीय करण सुनार रहेका छन् ।
गएको चैत १२ गते घाँटीमा मासुको हड्डी अड्किएपछि सुनारको स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा उपचार गरिएको थियो । उपचारपछि औषधी सेवन गरी अंकलके घरमा बस्दै आएका सुनारलाई थप उपचारको लागि चैत २२ गते भरतपुर अस्पताल ल्याइएको थियो ।
उपचारका क्रममा गएराति १२ः५० बजेको समयमा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालकै शवगृहमा राखिएको छ ।