सामुदायिन वनमा घाँस काट्न गएका व्यक्ति बेपत्ता

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका व्यक्ति बेपत्ता भएका छन् ।

खैरहनी–१३ राधास्वामी गुम्बा टोल बस्ने अन्दाजी ५५ वर्षीय भीमराज पौडेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बिहीवार दिउँसो २ बजेको समयमा पौडेल घरनजिकैको वनमा घाँसस्याउला काट्न जान्छु भनि घरबाट निस्किएका थिए । बिहीवार साँझसम्म पनि पौडेल घर नफर्किएपछि उनका आफन्त र वनका प्रतिनिधिसँग समन्वय गरी पाँच वटा हात्ती प्रयोग गरी उनको खोजी गरिएको प्रहरीले जनाएको छ ।

बिहीवार पौडेललाई फेला नपारेपछि शुक्रवार पुनः खोजी गर्ने भनि टोली फर्किएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । पौडेलको आज पनि खोजी गरिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ट्रेन्डिङ

No data was found