सुनसरीको अवस्था सामान्य बन्दै कर्फ्यु भने जारी

सुनसरी । सुनसरीको हगरिनगर र देवानगञ्ज गाउँपालिका क्षेत्रमा दुई समूहका बिच भएको झडप पछि उत्पन्न भएको अवस्था सामान्य बन्दै गएको छ ।

दुई समूहका बिचमा शुक्रबार बिहानै देखि ठाउँ ठाउँमा झडप भएपछि जिल्ला प्रशासनले साँझबाट सुनसरीका ५ वटा पालिकाहरूमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेको थियो । कर्फ्यु पछि सुनसरीको अवस्था सामान्य बन्दै गएको सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदनिधी फुयाँलले जानकारी दिए ।

साँझबाट कहीँ कतै पनि झडप र प्रदर्शन भएको सूचना आएको छैन उनले भने,अवस्था सामान्य बन्दै गएको छ । परिस्थिति नियन्त्रण भन्दा बाहिर छैन । एसइई परीक्षा भएको स्थलमा एक जना युवा माथि कुटपिट भएपछि दुई समुदायका बिचमा झडप भएको थियो । यसैबिच सुनसरीका राजनीतिक दलहरूले अपिल जारी गर्दै सद्भाव कायम गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस सुनसरीले अपिल जारी गर्दै द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने भन्दै चिन्ता प्रकट गरेको छ ।

अपिलमा भनिएको छ परापूर्व कालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको मात्रै होइनौँ, राष्ट्र निर्माण र विकासकालागी हातेमालो गर्दै आएकाछौं । नेपालीको भावना र चाहना विपरीत धार्मिक सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा छैन, हुन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found