इस्लाम धर्मावलम्बीले आज इद मनाउँदै

देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । ३० दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो ।

EPIC EPIC

बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । ‘जकात (दान) यही महिनामा दिइन्छ,’ उनी भन्छन्, ‘हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ ।’

इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ ।

यो तथ्याङ्क अपूर्ण भएको आरोप लगाउँदै उनले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिकलगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको बताए ।

काठमाडौंमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभा हलको अभाव भएको उनी बताउँछन् । ‘संस्कृति बचाउन स्थान चाहिन्छ,’ उनी भन्छन्, ‘देशका मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाका निम्ति हामीले सरकारसँग माग गरिरहेका छौँ ।

‘यस्तै, सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद-उल फित्र(ईद)को अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी आज बिदा दिएको हो । सरकारले हरेक वर्षको ईद-उल फित्र(ईद)का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found