संखुवासभाको मकालुमा बेवारिसे शव फेला

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ लुम्माङमा बेवारिसे शव फेला परेको छ। आज बिहान अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जवेगुले जानकारी दिए ।

EPIC EPIC

जवेगुका अनुसार हालसम्म उक्त शवको पहिचान हुनसकेको छैन। उक्त शव सडेको अवस्थामा फेला परेका कारण पहिचान खुल्न नसकेको जवेगुले बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार उक्त शव एक साताअघि बेपत्ता अरुण तेस्रो आयोजनाका मजदुरको हुन सक्छ। संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा कार्यरत मजदुर १० दिनदेखि बेपत्ता भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found