लेटाङ । अल्पसंख्यक धिमाल समुदायको महान पर्व श्रीजात/जात्री बैशाख १ गते वाट मोरङको लेटाङ स्थित राजारानीवाट प्रारम्भ भई २ गते विशेष पुजाहुने भएको छ ।
प्रत्येक वर्ष बैशाख २ गते लेटाङ नगरपालिकाको भोगटेनी स्थित राजारानी धिमाल डाँडामा रहेको धिमाल ग्रामथाममा पुजा पाठ गरि मेलाको शुभारम्भ हुनेछ । लेटाङ वाट सुरु भएको जात्री/श्रीर्जात (पूजा) पर्व असार –२ गते उर्लाबारीको मङ्गलबारेस्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थल (दस बिघे)मा समापन हुने गर्दछ ।

लेटाङ नगरपालिकाले राजारानी क्षेत्रमा आउने पाहुनालाई स्वागत गर्दे मेला भर्न आउन र धिमाल जातीहरुको प्रमुख धार्र्मिक स्थलको अवलोकन गर्न आह्वान गरेको छ । आज नगरपालिकाले वनाएको एक टोलीले राजारानी पर्यटन क्षेत्रको अवलोकन गर्दे आवश्यक तयारी पुरा भएको जनाएको छ । धिमाल जातीहरुको देवस्थलको रुपमा रहेको परिषरमा विकास गरिएको संरचनाको स्थलगत अनुगमन, मन्दीर वरीपरिको ब्यवस्थापन र तयारीको वारेमा अवलोकन गरिएको हो । नगरपालिकाका पदाधिकारी र राजनीतिक दलका प्रतिनीधी, पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।
लेटाङ बजार वाट करिव ६ किलोमिटर पश्चिम उत्तर तर्फ रहेको राजारानी मन्दीर परिषरमा अन्य वेला समेत पर्यटकहरुको बाक्लो उपस्थिती रहने गरेको छ । राजारानीलाई एतिहासिक धिमाल जातीहरुको प्रमुख धार्मिक तथा उद्गम स्थलको रुपमा मानिदै आएको छ ।