इलाममा मदिरा बिक्री–वितरणमा रोक

इलाममा मदिरा बिक्री–वितरणमा प्रतिबन्ध गरिएको छ। इलाममा हुन लागेको उपनिर्वाचनका अवसरमा मदिरा प्रतिबन्ध गरिएको हो।

इलाम २ मा आगामी वैशाख १५ गते उप निर्वाचन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय इलामले आगामी वैशाख १५ पछिको मत गणना नसकुन्जेलसम्म मदिरा विक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

निर्वाचन पूर्व, निर्वाचन र निर्वाचन पछिको को समयमा शान्ति–सुरक्षामा असर पर्ने भन्दै वैशाख २ देखि मदिराजन्य पदार्थ विक्री–वितरण एवम् सेवन गर्न समेत रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यदि मदिरा प्रयोग एवम् बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने बताइएको छ।

कार्यालयले यस अघि नै सूचना जारी गर्दै इजाजत लिएर घरमा राखिएका हतियार समेत नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति