विराटनगरमा १५ जोडीको सामूहिक विवाह

विराटनगर । बिराटनगरमा १५ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । महेश्वरी महिला मञ्चको आयोजनामा बिहिबार सामूहिक विवाह सम्पन्न भएको हो ।

समूहिक विवाह कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले मानव जीवन लिएपछि यो पुन्यको काम गरेको महसुस भएको बताइन् । उनले यस्तो पुन्यको काम गरे कुनै पनि बुवाआमालाई छोरी बोझ नहुने समेत बताइन् ।

यो कार्यक्रमले निरन्तरता पाउनुपर्ने अपेक्षा रहेको बताउदै उनले महानगर सँधै साथमा रहेन प्रतिवद्धता जनाइन् ।

यस्तै जहदा गाँउपालिका अध्यक्ष जितेन्द्र प्रसाद साहले संस्थाले विपन्न परिवारको सन्तानको बिवाह गराएकोमा आभार प्रकट गरे ।

group marriage biratnagar001

बिबाह गर्दा कतिपय परिवारको सामाथ्र्य नपुग्दा असहज हुनेभएको आफूबाट हुने सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।

अति विपन्न परिवारबाट छानिएको जोडीलाई अभिभावक र जनप्रतिनिधिको समन्वयमा विवाह गर्ने निणर्य भएको महेश्वरी महिला मञ्चकी अध्यक्ष पुनम राठीले जानकारी दिइन् । ६ महिनाको तयारीपछि बल्ल यो कार्यक्रम सम्पन्न गर्न सफलता मिलेको उनले बताइन् । ८१ वर्षको उमेरमा थुप्रैको विवाह गरेको अनुभव बोकेका समूहिक विवाहमा आएका एक पण्डितले यो पहिलो अनुभव भएको प्रतिक्रिया दिएका थिए । उनले समूहिक विवाह गर्दा सहज र समय खर्च नहुने समेत उनको भनाइ थियो ।

group marriage biratnagar002

यता, संस्थाले विवाह गरिदिँदा धेरै राहत मिलेको विवाह बन्धनमा बाँधिएका परिवारहरुको भनाई छ । आर्थिक अवस्था कम्जोर हुँदा धुमधामको साथ विवाह गर्ने अवस्था पनि नभएकाले संस्थाले गरेको काम प्रति आफूहरु खुशी रहेको समेत उनीहरुले बताए । विवाहमा एउटी कन्यालाई घर चलाउनका लागि आवश्यक पर्ने हरेक घरायसी समाग्री समेत उपलब्ध गराएको संघकी अध्यक्ष राठीले जानकारी दिइन् ।

उनको अनुसार सुनको गहना, चाँदीको पाउजु, नाकमा फुली, कानमा सुनको टप समेत दुलहीलाई प्रदान गरिएको छ । भने, दुलाहाका लागि समेत सर्ट, पेन्ट प्रदान गरिएको छ ।दुलहीको नाममा एघार हजारको मुद्दती खाता समेत खोलिएको अध्यक्ष राठीले बताइन् । बैक खातामा भएको पैसा ५ वर्षपछि मात्रै झिक्न पाउने व्यवस्था रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति