क्यान्सर सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

बुधबारे । समुदाय प्रतिको चासो भन्ने सहकारीको सिद्धान्त अनुरुप बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको आयोजना, नेपाल अर्बुदरोग निवारण संस्था, झापा शाखाको संयोजन र पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा बुद्धशान्ति १ स्थित सीतारमेश बहुमुखी क्याम्पसको सभाहलमा विद्यार्थी लक्षित क्यान्सर सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम मिति २०८१ बैशाख १४ गते शुक्रबार सम्पन्न भएको छ ।

EPIC EPIC
95502468 8ee1 4008 be9c 3297fe46fece

सहकारी संस्थाको अध्यक्ष पुष्प प्रसाद रिजालको अध्यक्षता, नेपाल अर्बुदरोग निवारण संस्था, झापा शाखाका सभापति श्री अम्बिका प्रसाद ढकालको प्रमुख आतिथ्यता तथा पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडका डा. आलोक ठाकुरज्यूको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक नवराज कोइरालाले स्वागत मन्तव्य दिँदै कार्यक्रम आयोजना गर्नुको औचित्य प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल अर्बुदरोग निवारण संस्था झापा शाखाका सचिव माधव घिमिरे, सह सचिव पुष्प निरौला, सदस्य सुनिता शर्मा र पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडका मार्केटिङ्ग अफिसर गोविन्द खनाल, प्रतिनिधि सौरभ सुवेदी तथा सीतारमेश बहुमुखी क्याम्पसका प्राध्यापकहरुको आतिथ्यता रहेको थियो ।

क्यान्सरका प्रकार, क्यान्सर लाग्नुको कारण, समाधानका उपाय, उपचार पद्धति आदीको बारेमा प्रशिक्षण दिँदै विशिष्ट अतिथि तथा प्रमुख प्रशिक्षक डा. आलोक ठाकुरले विद्यार्थीहरुलाई जनचेतना प्रदान गरेका थिए भने नेपाल अर्बुदरोग निवारण संस्थाका सह सचिव पुष्प निरौलाले क्यान्सरलाई कसरी जित्ने र कसरी बुझ्ने भन्ने बारेमा व्यवहारिक ज्ञान प्रदान गरे ।

39288d6e 22c4 41cb bc72 2da542c6f118

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि श्री अम्बिका प्रसाद ढकाल ज्यूले नेपाल अर्बुदरोग निवारण संस्थाको स्थापना भए पश्चात संस्थाले गरेको सहयोग र योगदानको विषयमा चर्चा गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री चन्द्र अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

samikshya-kadariya
समिक्षा कडरिया रिजाल

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found