आदर्श च्यालेन्ज कपः फाइनल प्रवेशका लागि आदर्श र मानेभन्ज्याङ खेल्दै

बुद्वशान्ति । झापाको बुद्वशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलका खेलहरु आजबाट शुरु हुदैछ । आज हुने पहिलो सेमिफाइनलमा आयोजक आदर्श युवा क्लब बुद्धशान्ति र भारतको माने भञ्ज्याङ् भिडने छन् ।

आयोजक आदर्शले ध्रुुबतारा स्पोर्टिङ क्लब दमकलाई २–१ गोल र माने भञ्ज्याङ् भारतले धरान एफसिलाई ५/१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

त्यसैगरी अन्तिम सेमिफाइनलमा भोलि बिर्तामोड युनाईटेड एफसी र बेलबारी एफ सि भिड्नेछन् । बिर्तामोडले नर्थ बेङ्गोललाई र बेलबारिले रेड हर्ष इलामलाई पाखा लगाउदै सेमिमा स्थान बनाएका थिए ।

प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमको सहभागिता रहेको छ । खेल बुद्ध आदर्श माबिको खेल मैदानमा दिउँसो ३:३० बजे हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने खेल आयोजक समितिका संयोजक मनेष दहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

ayush niroula image
आयुश निरौला