बुद्वशान्ति । झापाको बुद्वशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज बिर्तामोड युनाईटेड एफसी र बेलबारी एफसी मोरङ भिडने छन् ।
आजको बिजेताले हिजोको बिजेता मानेभञ्ज्याङ एफसी भारत सङ्ग उपाधी भिडन्त गर्नेछन् । मानेभञ्ज्याङले पहिलो सेमिफाइनलमा आयोजक आदर्श युवा क्लबलाई २/० ले पाखा लगाउदै उपाधी भिडन्त तय गरेको हो ।
प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमको सहभागिता रहेको छ । खेल बुद्ध आदर्श माबिको खेल मैदानमा दिउँसो ३:३० बजे हुनेछ ।
प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने खेल आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष दिपक सुुब्बा थेबेले जानकारी दिए ।