एभरेस्ट र ज्योति विकास बैंकमा तोडफोड गर्ने चारजना पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडस्थित एभरेस्ट बैंक र ज्योति विकास बैंकमा बिहीबार तोडफोड गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पवन दुलाल, जितेश राई, मनकुमार तामाङ र सञ्जय राई छन् ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । बैंकको ऋण तिर्न दबाब दिइएको भन्दै उनीहरूले तोडफोड गरेको खुलेको छ ।

उनीहरू मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियानमा संलग्न युवा रहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति