इलाम। इलामको सन्दकपुर गाउँपालिका ५, जमुनामा गएराति भएको पिकअप दुर्घटनामा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
जमुनाको सापकोटा गाउँस्थित भित्री कच्ची सडकमा प्र.१–०३–००१ च ००६९ नम्बरको पिकअप र मे १ ज २३८७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम नगरपालिका-५, बरबोटका २३ वर्षे तोया घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।