कोशीमा सरकार गठनपछि प्रदेश प्रमुखको पुत्ला दहन

विराटनगर । कोशीका प्रदेश प्रमुखले नयाँ सरकार गठन गरेपछि विराटनगरमा नेपाली कांग्रेसका कार्यकर्ताले पुत्ला दहन गरेका छन्।

EPIC EPIC

बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गले एमालेका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। उनको बिहीबार शपथ पनि भइसकेको छ।

खापुङ्गले कार्कीलाई मुख्यमन्त्री नियुक्ति गर्नु असंवैधानिक कदम भएको नेपाली कांग्रेसका कार्यकर्ताहरूको भनाइ छ।

कार्कीको नियुक्ति भएसँगै पदमुक्त बनेका कांग्रेस नेता केदार कार्कीका समर्थक कार्यकर्ताले प्रदेश प्रमुखको पुत्ला दहन गरेका हुन्।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ मुख्यमन्त्री नियुक्ति बदर गरी आफैलाई निरन्तरता दिनुपर्ने परमादेश माग्दै बिहीबारै सर्वोच्च अदालतमा रिट समेत दायर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति