बन्चरो प्रहार गरी दाङमा दुई महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार घोराही उपमहानगरपालिका– १० पहेलपारमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगीता सुनारको हत्या भएको हो ।
घोराही– १० पहेलपारस्थित जुपली बुढाको घरको भान्सा कोठामा हत्या गरेको प्रहरीले जनाएको छ । शनिबार साँझ ५ बजेतिर बन्चरो प्रहार गरी हत्या गरिएका दुई महिला अटोचालक हुन् ।
बुढाको घर रुकुम र सुनारको घर सुर्खेत रहेको खुलेको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्तीलाई पक्राउ गरेको छ ।