काठमाडौंको बीच सडकमै युवकको हत्या, ४ पक्राउ

काठमाडौं । काठमाडौंमा एक युवकको हत्या भएको छ। गएराति काठमाडौंको बत्तीसपुतलीस्थित बीच सडकमै युवकको हत्या भएको हो।

EPIC EPIC

मोरङ घर भई काठमाडौं कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रहरीले घटना लगत्तै चार जनालाई पक्राउ गरेको छ ।

हत्याको कारण खुलेको छैन । साथीबीच आपसी विवाद हुँदा हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घाइते अवस्थामा भेटिएका धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल लगिएकोमा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found