बुद्धशान्ति । बुधबारे जेसीज सन् २०२४ को पहिलो चार महिनामा लागतार नेपाल जेसीजको उत्कृष्ट शाखा घोषित भएको छ ।
नेपाल जेसीजले प्रत्येक महिना शाखाहरुको कार्य सम्पादन मुल्याङ्कनको आधारमा प्रदान गर्ने 100 % Efficiency Award अप्रिल महिनामा पनि प्राप्त गर्दै बुधबारे जेसीजले इतिहास रच्न सफल भएको हो ।
बुधबारे जेसीजले लगातार चार महिना सम्म यस्तो सम्मान प्राप्त गरेको पहिलो पटक भएको बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष दुर्योधन सिंह राजपुतले बताए ।

सन् २०१२ मा स्थापना भएको बुधबारे जेसीज १८ देखि ४० वर्ष सम्मका युवाहरुको संस्था हो । यस संस्थाले युवाहरुको क्षमता विकासका लागि व्यक्तिगत विकास, व्यवसाय प्रर्वधन, सामुदायिक विकास र अन्तराष्ट्रिय सम्बन्ध विकास गरि चार क्षेत्रमा विभिन्न क्रियाकलापहरु संचालन गर्दै आएको छ ।
सन् २०२४ मा लगातार चार महिना सम्म नेपाल जेसीजबाट सम्मानित भए पछि अध्यक्ष सिंहले भने, “यो सफलता तथा इतिहास रच्नुमा २०२४ का बोडका साथीहरुको उत्कृष्ट नेतृत्व, सदस्यहरुको क्रियासिलता र पूर्व अध्यक्षहरुको निरन्तर मार्गदर्शनले मात्रै सम्भव भएकाले यो सफलताको सम्पूर्ण श्रेय बुधबारे जेसीजका सम्पूर्ण सदस्यहरुलाई दिन चहान्छु र आगामी दिनमा समेत यस किसिमको सक्रियताको अपेक्षा गर्दछु ।”