माईमा करेन्ट लागेर एकको मृत्यु, अर्का एक घाइते

इलामको माई नगरपालिका–७ का छुट्टा–छुट्टै स्थानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

EPIC EPIC

माई–७ को सागुरी निवासी ३१ बर्षीय शक्तिकुमार राईको करेन्ट लागेर मृत्यु भएको छ ।

कावेली कोरिडोरको ट्रान्सफर्मर जडान गर्ने क्रममा उनलाई करेण्ट लागेपछि उपचारको क्रममा माई अस्पतालमा मृत्यु भएको लोदिया प्रहरी चौकी दानावारीका बरिष्ठ प्रहरी नायव निरिक्षक कैलाशकुमार केसीले जानकारी दिए ।

त्यस्तै माई–७ लक्ष्मीखोला निवासी कञ्चनजंघा आविका कर्मचारी समेत रहेका ३२ बर्षीय कृष्णबहादुर राई (समिर) फोरफेस लाईन जोड्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका छन् ।

गाँउमा फोरफेस लाईन आएको खुशियालीमा बिधुत प्राधिकरणका कर्मचारीलाई सहयोग गर्ने क्रममा करेन्ट लागेर घाईते भएका हुन् । राईलाई थप उपचारका लागि हवाईजहाज मार्फत काठमाण्डौस्थित किर्तिपुरको वर्न अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found