बुधबारे जेसीजद्धारा ५४ वर्षिय तामाङ्गलाई ह्वीलचियर सहयोग

बुधबारे । बुधबारे जेसीजले झापा बुद्धशान्ति गाउँपालिका वडा नं. ४ वस्ने ५४ वर्षिय सुरेश तामाङ्गलाई वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शेरबहादुर रायको रोहबरमा एक थान ह्वीलचियर प्रदान गरेको छ ।

EPIC EPIC

बुद्धशान्ति गाउँपालिका वडा नं. ४ कार्यालयको समन्वय तथा लायन्स क्लब अफ काठमाडौं रक्तदाता समूहको सहयोगमा तामाङ्गलाई ह्वीलचियर प्रदान गरिएको बुधबारे जेसीजका कोषाध्यक्ष तथा वितरण कार्यक्रमका संयोजक सुजित बरालले बताए ।

Suresh Tamang

तामाङ्ग विगत लामो समय देखि प्यारालाइसेस् भइ हिडडुल गर्न नसक्ने अवस्थामा रहेको वडाध्यक्ष शेरबहादुर रायले बताए पछि आफूँहरुले ह्वीलचियर सहयोग गर्नका लागि पहल गरेको बुधबारे जेसीजका अध्यक्ष दुर्येधन सिंह राजपुत देवले बताए ।

बुधबारे जेसीजका महासचिव गजुहाङ योङहाङले संचालन गरेको कार्यक्रममा बुधबारे जेसीजका उपाध्यक्ष सुरज दंगालले जेसीज आस्था वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found