टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनौट

काठमाडौं । नेपालका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण हलमा भएको दक्षिण एशियाली छनोटबाट पहिलो हुँदै उनी पेरिस ओलम्पिक २०२४ मा स्थान बनाउन सफल भएका हुन्।

यससँगै छनोट चरण पार गरेर ओलम्पिक खेल्ने उनी चौथो खेलाडी भए। यसअघि तेक्वान्दो खेलाडीद्वय संगीना वैद्य र दीपक विष्टले ओलम्पिक खेलेका थिए।

यसैगरी केही समयअगाडि पारा तेक्वान्दोकै पलेशा गोवर्धन पनि पेरिस पारालिम्पिकका लागि छनोट भइसकेकी छन्।

बुधवार फाइनलअगाडि नै नेपालको टेबल टेनिसबाट ओलम्पिक खेल्ने निश्चित भइसकेको थियो।

फाइनलमा स्यान्टु र नेपालकै संयोग कपाली पुगेसँगै टेबल टेनिसले नेपालबाट पहिलो ओलम्पिक खेलाडीको सहभागिता निश्चित भएको हो।

स्यान्टुले श्रीलंकाका चमिरा गिनिगे र संयोगले श्रीलंकाकै जयसनका डी सिल्भालाई हराउँदै फाइनलमा पुगेका थिए। फाइनलमा स्यान्टुले संयोगलाई ४–३ ले हराए। पहिलो सेट ११–७ ले आफ्नो पक्षमा पारेका स्यान्टुले दोस्रो सेट ८–११ ले गुमाए।

त्यसपछिका दुई सेट ११–७, ११–६ ले जित्दै स्यान्टुले पाँचौँ र छैटौँ सेट ८–११, ८–११ ले हराए। सातौँ तथा अन्तिम सेट ११–९ ले आफ्नो पक्षमा पार्दै स्यान्टुले ओलम्पिकमा खेल्ने अवसर सुनिश्चित गरे।

महिलातर्फ माल्दिभ्सकी धिमा फतिमा अलीले ओलम्पिकमा स्थान सुरक्षित गरिन्।

महिलातर्फ नेपालकै इभाना थापा सेमिफाइनलमा श्रीलंकाकी बन्दारा बिमान्दीसँग पराजित भइन्। नवीता श्रेष्ठको यात्रा पनि क्वार्टरफाइनलमा नै टुंगिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति