माईखोलामा पानीको बहाव बढेसँगै काठ चोरी तस्करी सुरु

बिर्तामोड । झापा र इलामको सिमास्थित कनकाई माई नदिमा पानीको बहाव बढेसगै खोलामा बाँस र टयुवको चाली बनाएर  काठ चोरी तस्करी गर्ने क्रम बढेर गएको छ ।

आज बिहान अन्दाजी २ः३० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित माईखोलामा इलामबाट काठ चोरी तस्करी गरी ल्याइएको काठ प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय झिलझिले, चुलाचुली सबडिभिजन वन कार्यालय इलाम र माई सुखानी सबडिभिजन वन कार्यालय इलामबाट खटिएका वनरक्षक तथा गैँडे सामुदायिक वन उपभोक्ता समिति माईधारको संयुक्त टोलीले काठ बरामद गरेको थियो ।

प्रहरीका अनुसार अन्दाजी ६० हजार मूल्यबराबरको सखुवा जातको २० दशमलव २२ क्युबिक फिट फेन्टा बरामद गरिएको छ ।

तस्करहरुले प्रहरीमाथि ढुंगा र गुलेलीले आक्रमण गरेको र पछि थप सुरक्षाकर्मी लगेर काठ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

तस्करहरुले काठ चोरी गरी ल्याउँदै गरेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिएको थियो । बरामद गरिएको काठ गैँडे सामुदायिक वन माईधारमा बुझाइएको छ ।

यसअघि गत बैशाख १५ गते माईखोलामा त्यसरी नै बगाएर ल्याउँदै गरेको चोरीको काठ प्रहरीले बरामद गरेको थियो । ट्युबमाथि काठ राखेर माईखोलाको पानीमा बगाएर इलामबाट काठ चोरी गरी झापातर्फ ल्याउने क्रम बढेको छ ।

गत बैशाख ५ गते पनि प्रहरीले इलामबाट झापा ल्याइँदै गरेको काठसहित यात्रुबाहक बस नियन्त्रणमा लिएको थियो ।
इलामको दानाबारी प्रहरीको टोलीले मे.१ ख ३१६४ नम्बरको बसबाट सखुवा जातको काठ बरामद गरेको थियो । प्रहरीले नियन्त्रणमा लिएको उक्त गाडी माई नगरपालिका–६ का गणेश नेम्वाङको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति