पारदर्शी बन्दै इलामको पाथिभारा मन्दिर, एक महिनामा २२ लाख बढी भेटी संकलन

रोङ । इलामको रोङ गाउँपालिका ३ कुटीडाँडामा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथिभारा मन्दिरमा एक महिनामा रु २२ लाख २४ हजार चार सय सन्ताउन्न नगद तथा जिन्सी भेटी संकलन भएको छ । बैशाखमा संकलन भएको भेटीे विवरण गत बैशाख ३१ गते नै समितिले सार्वजनिक गरेको हो ।

पाथिभारा संरक्षण तथा व्यवस्थापन समितिले प्रत्येक पन्ध्र पन्ध्र दिनमा संकलन भएको भेटीको विवरण सावजनिक गर्दै आएको समितिका सचिव एगा अर्यालले बताए । साथै समितिले पाथिभारा मन्दिरको आधिकारिक वेभसाइट मार्फत प्रत्येक दिन भएको दान संकलनको विवरण समेत आम सर्वसाधारणले हेर्न सक्ने सचिव अर्यालले बताए ।

पाथिभारा मन्दिरलाई यस अघि व्यवस्थापन गर्दै आएको पाथिभारा संरक्षण संस्थाले आथिक हिनामिना गरेको, हिसाब किताव पारदर्शी रुपमा सार्वजनिक नगरेको, २०७३ साल देखि संस्था नविकरण नगरेको भन्दै रोङ गाउँपालिकाले पाथिभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ तयार गरी गाउँसभाबाट ११ माघ २०७९ मा पारित गरि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार कार्यविधि बनाई जैविक विविधता तथा धार्मिक क्षेत्र संरक्षण गर्नेगरी मन्दिरलार्ई गाउँपालिको स्वामित्वमा ल्याएको थियो ।

गाउँपालिकाले स्वामित्व लिए पश्चत स्थानीय दिलिप कुमार राईको अध्यक्षतामा पाथिभारा संरक्षण तथा व्यवस्थापन समिति निर्माण गरि मन्दिर व्यवस्थापनको कार्य हुदै आएको छ ।

नयाँ समितिले व्यवस्थापन गरे पछि पारदर्शी रुपमा हिसाब किताब राख्ने, वेभसाइटमा दाताको नाम सहित विवरण राख्ने, प्रत्येक दिन नगदलाई बैंक दाखिला गर्ने गरिएको र प्रत्येक १५-१५ दिनमा सो विवरण सूचना मार्फत सार्वजनिक गर्ने गरिएको सचिव अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति