नेपालकी काजोल सेठिया फोर्ब्सको ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा

काठमाडौं । फोर्ब्सको ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीको कला क्याटेगोरीमा काठमाडौंकी काजोल सेठिया पनि परेकी छन् । सामाजिक प्रभाव क्याटेगोरीमा काठमाडौंकी श्रेया गिरी पनि अटाएकी छन् ।

सन् २०१९ मा पेटा एशिया आउट स्ट्यान्डिङ अवार्ड पाइसकेकी काजोलले सिंगापुरमा इन्जिनियरिङ पढ्दा शाकाहारी यात्रा सुरु गरेकी थिइन् ।

जनावरलाई असाध्यै माया गर्ने काजोलले जनावरकै हितका लागि केही काम गर्ने सोच बनाइन् । जनावरको माया र उनीहरूलाई दुःख दिन नपाए हुन्थ्यो भन्ने सोचेर उनले नेपाल फर्किएर भेगन डेरी सुरु गरेकी हुन् ।

सन् २०१८ मा स्थापित उनको डेरीमा जनावरबाट केही नलिएर बनेको दूध, घ्यू, पनिर, बटर जस्ता हेल्थ सप्लिमेन्ट लगायत उत्पादन र बिक्री हुन्छ ।

सन् २०२४ को सुरुमा सेठियाले दोस्रो उद्यम मकालु सुरु गरिन् । हिमालयमा डालेचुक (सी बकथर्न बेरी) खेती गरिरहेका किसानसँगको सहकार्यमा उनले शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको जुसलाई बोत्तलबन्द उत्पादनको रूपमा प्याकेजिङ सुरु गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found